नियम २०
मिलापत्रको कार्यान्वयन
(१) ऐनको दफा २० को उपदफा (१) बमोजिम न्यायाधीकरण वा पुनरावेदन न्यायाधिकरणबाट मिलापत्र गराइदिने गरी निर्णय भएकोमा सो मिलापत्रको कार्यान्वयन सम्बन्धित पक्षहरू स्वयंले गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै पक्षले मिलापत्रको कार्यान्वयन नगरेको कारणले ऐनको दफा २० को उपदफा (३) बमोजिम ऋण असुली अधिकृतलाई न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणले आदेश दिएकोमा निजले सो मिलापत्र कार्यान्वयन गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम मिलापत्र कार्यान्वयन गराउ“दाको कार्यविधि न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणले गरेको निर्णय कार्यान्वयन गर्दाको कार्यविधि सरह हुनेछ ।